दक्षिण कोरियामा आगलागी हुँदा २२७ पसलहरू नष्ट | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

दक्षिण कोरियामा आगलागी हुँदा २२७ पसलहरू नष्ट

एजेन्सी,१० माघ । दक्षिणपश्चिमी दक्षिण कोरियाको एक समुन्द्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । राति करिव ११ बजेर ८ मिनेटमा भएको आगलागी राजधानी सियोलबाट लगभग १७० किलोमिटर दक्षिणमा पर्दछ ।

तिब्र हावा र बजारको खचाखच भरिएको संरचनाका बीच दमकललाई आगो निभाउन कठिन भएपछि करिव नौ घण्टापछि पूर्ण रूपमा निभाइएको थियो । बजारका २९२ पसलमध्ये २२७ पसल जलेर नष्ट भएका छन् ।

आगलागी हुँदा बजारमा कोही नभएकाले मानवीय क्षति भने भएको छैन । घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);