दाङ, १० माघ । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ५ मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ । ८ स्थानका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको हो ।
महिलातर्फ ३ सदस्यका लागि एमालेबाट कोमल वली, मिना बुढा र कांग्रेसकी अनिता देबकोटाले उम्मेदवारी दिएका छन् । ३ जनाको मात्र उम्मेदवारी परेकाले दाबी बिरोध नभएमा उनीहरु निर्बिरोध निर्वाचित हुने छन् ।
त्यस्तै खुलातर्फ एमालेका खिमलाल भट्टराई , माओबादी केन्द्रका चन्द्रबहादुर खड्का, काग्रेसका दुर्गा प्रसाद उपाध्याय र राष्ट्रिय जनमोर्चाका रश्मीराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै दलित तर्फको १ सदस्यका लागि एमालेका रामलखन चमार र कांग्रेसका मैकुलाल बाक्मीकीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अपांग वा अल्पसंख्यक तर्फको एक सदस्यका लागि माओबादीका राजकुमार कुबर र कांग्रेसका लुटबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।