जनकपुरको अधिकांश औषधी पसलले बढि मूल्यमा औषधि विक्रि गरेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

जनकपुरको अधिकांश औषधी पसलले बढि मूल्यमा औषधि विक्रि गरेको खुलासा

बटुकनाथ झा 
जनकपुर , १० माघ । धनुषाको जनकपुरमा रहेका अधिकांश औषधी पसलले बढि मूल्यमा विरामीलाई औषधि विक्रि गर्ने गरेको खुलासा भएको छ । जनकपुर औषधी व्यवसायी संघले कम मूल्यमा औषधि बेच्ने फार्मेसीको सदस्यता खारेज गरेपछि बढि मूल्यमा औषधि विक्रि भइरहेको खुलासा भएको हो ।

जनकपुर औषधी व्यवसायी संघले कम मुल्यमा औषधि बेच्ने रेम्स पब्लिक फार्मेसीको सदस्यता खारेज गरेपछि अन्य पसलहरुले बढि मूल्यमा विक्री गरिरहेको पुष्टि भएको हो । सो फार्मेसीले विपन्न तथा गरिब वर्गका नागरिकलाई सस्तोमा औषधि विक्री गर्ने गरेको थियो । कम मूल्यमा औषधि विक्री गर्दा अन्य औषधि पसललाई घाटा भएको भन्दै सदस्यता खारेज गरेको रेम्स पब्लिक फार्मेसको दाबी छ ।

उता जनकपुर औषधि व्यवसायी संघले भने सो फार्मेसीले संस्थाको नियम विपरित कम मुल्यमा औषधि विक्री गरेकाले सदस्यता खारेज गरेको स्विकार गरेको छ । जनकपुरमा १५ देखि ३० रुपैयामा पाइने औषधि १ सय रुपैयामा विक्री भइरहेको छ ।

अत्याधिक नाफा लिएर औषधि विक्री हुँदा उपभोक्त मारमा परेका छन् । तर व्यवसायी संघकै मिलेमतोमा औषधि पसलहरुले उपभोक्तालाई ठगी रहँदा पनि सम्बन्धित निकायले कारबाहीका लागि चासो दिएको छैन ।