क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्योः अध्यक्ष लिङदेन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्योः अध्यक्ष लिङदेन

काठमाडौं, ९ माघ ||
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिष्ट, काँग्रेस लगायतका पार्टी र नेताहरु भन्दा बढी दोषी बाहुन क्षेत्र र हिन्दु भन्नेहरु नै रहेको जिकिर गर्नुभयो । उहाँले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताउनु भयो । उहाँले धर्मबिहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गर्नुभयो । अध्यक्ष लिङदेनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दु राष्ट्र फगत नारामात्रैमा सिमित हुने बताउनु भयो । उहाँले चुनावमा आफूले जितेपछि हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताउनु भयो ।
अध्यक्ष लिङदेनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चहेर मात्रै धर्म निरपेक्षता नआएको बताउनु भयो । उहाँले धर्म निरपेक्ष बनाउन दाहाल भन्दा बढी दोषी नेपाली काँग्रेस रहेको बताउनु भयो । उहाँले हिन्दु अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली काँग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको बताउनु भयो । अध्यक्ष लिङदेनले राप्रपालाई समान व्यवहार गर्नेहरुसँग आफू मिलेर जाने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);