डोनेट्स्क बजारमा युक्रेनी आक्रमणमा २७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

डोनेट्स्क बजारमा युक्रेनी आक्रमणमा २७ जनाको मृत्यु

death mahila

एजेन्सी,९ माघ । युक्रेनी सेनाले डोनेट्स्कको पश्चिममा रहेको बजारमा आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमवार जनाएका छन् ।

युक्रेनी पक्षबाट १५२ एमएम क्यालिबर र १५५ एमएम क्यालिबरको गोला प्रहार गर्दा बजारमा भीड लागेको थियो । घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

जसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको रसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply