१ देखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरुमा सरकारले नर्सिङ अध्यापन गराउने | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

१ देखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरुमा सरकारले नर्सिङ अध्यापन गराउने

काठमाडौ, ८ माघ ||
सरकारले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरुमा नर्सिङ अध्यापन गराउने भएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यस्तो बताउनुभएको हो । सचिव पोखरेलले १ सयदेखि ३ सय वेडसम्मका सरकारी अस्पतालहरुमा नर्सिङ पढाउने बोर्डले पास गरेको उल्लेख गर्नुभयो । उहाँले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरुमा राज्यले दाहित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताउनु भयो । उहाँले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रीपरिषद्मा लैजाने बताउनु भयो । उहाँले ३ सय शैय्याका अस्पतालहरुका एमबीबीएस शिक्षा पनि दिने तयारी रहेको दाबी गर्नुभयो । उहाँले नर्सिङ पढाउनेलाई स्टाप र ब्याचलर नर्स दुई कोर्ष एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गर्ने बताउनु भयो । उहाँले दुई तहलाई दुई वटा अस्पताल दिनसक्ने अवस्था नभएको बताउनु भयो । १५ शैय्या सम्मका स्थानीय तहका अस्पतालहरुमा एमबीबीएस डाक्टर सरकारले पठाउन नसक्ने उहाँको भनाई छ । स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको भन्दै नयाँ जनशक्ति लिन सक्दिने अवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रिय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको बताउनु भयो ।
सचिव पोखरेलले चालु आर्थिक वर्षको स्थास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात करिव २१ प्रतिशत खर्च भएको बताउनु भयो । उहाँले चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड र पुँजीगततर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गर्नुभयो । धेरै आयोजनाहरुको टेण्डर प्रक्रिया अगाडि बढिसकेको तर वैदेशिक खर्च २९ प्रतिशत हिस्सा बजेटमा भएपनि खर्च नहुँदा पुँजीगत खर्च कम देखिएको बताउनु भयो । उहाँले मन्त्रालयको भौतिक प्रगतिमा कायक्रम सम्पन्न भएका ४८.३ प्रतिशत रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);