काठमाडौं, १० माघ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा राजनीतिक संकीर्णता बढ्दै गएका बताएका छन् । पूर्व राष्ट्रपति यादवले एकले अर्कालाई निषेध गर्ने राजनीतिक संस्कारले नयाँ नेपाल निर्माण गर्न नसकिने स्पष्ट पारे ।
गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै समुदायलाई सम्मान गर्ने संस्कारबाट मात्रै नयाँ नेपाल निर्माण गर्न सकिनेतर्फ राजनीतिक दलहरुको ध्यानाकर्षण गराए ।
पूर्व राष्ट्रपति यादवले सबै समुदायको भावना अनुसार मुलुकलाई अघि बढाउन सकेमात्रै राष्ट्रिय एकतालाई बलियो बनाउन सकिने स्मरण गरे ।
उनले मुलकुलाई विकास र समृद्धिको बाटोमा अग्रसर गराउन दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको उल्लेख गरेका छन् । पूर्व राष्ट्रपति यादवले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय गजेन्द्रनारायण सिंहले पु¥याउनु भएको योगदानको पनि चर्चा गरे ।