काठमाडौं,८ माघ । १५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मणबहादुर शाहीले पक्राउ पुर्जी जारी भएको पुष्टिगर्दै अुसन्धान भइरहेको बताउनु भयो ।
२०६५ साल फागुन २६ गते कालीकोटको मल्लको हत्या घटनामा कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।