काठमाडौं,८ माघ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदको महासचिव नियुक्तिका लागि गरिएको सिफारिसबारे राष्ट्रपतिलाई स्मरणपत्र पठाउनुभएको छ ।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेयलाई सिफारिस गर्नुभएको थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय गर्नुभएको छैन ।
लामो समयसम्म पाण्डेयको नियुक्ति नभएपछि सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले स्मरणपत्र पठाएका हुन् । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुखको पत्र आएको पुष्टि गर्नुभयो ।
उहाँले महासचिव नियुक्तिको प्रक्रिया राष्ट्रिय सभा निर्वाचनका कारण अघि बढ्न नसकेको भन्दै निर्वाचनपछि प्रक्रिया बढ्ने प्रष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले पाण्डेयको नियुक्ति सिफारिस ‘होल्ड’मा राख्नुभएको छ । तत्कालीन महासचिव भरतराज गौतमले संसद्को महासचिवबाट राजीनामा दिएपछि सभामुख र राष्ट्रियसभा अध्यक्षले पाण्डेयलाई नियुक्तिको सिफारिस गर्नुभएको थियो ।