काठमाडौं, ५ माघ ||
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउनु नहुने बताउनुभएको छ । शुक्रवार नेपाल विद्यार्थी संघले काठमाडौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो । उहाँले विश्व विद्यालय कुनै राजनीतिक दलको भागबण्डाको आधारमा चलाउनु गलत भएको बताउनु भयो । उहाँले विश्व विद्यालयको स्वच्छ प्रतिष्पर्धाको आधारमा सरकारले नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको वर्तमान अवस्थालाई सम्हाल्न सक्ने र बुझ्नसक्ने एवं विश्वविद्यालयमा सुशासन कायम राख्नसक्ने व्यक्तिलाई सरकारले छनोट गर्न आवश्यक रहेको बताउनु भयो । नेता पौडेलले उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा पर्न छोडेको भन्दै बताउनु भयो । उहाँले नेपाललाई कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हो ? भन्ने विषयमा सरकार स्पष्ट हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली समाजलाई कस्तो बनाउने भन्नेमा समेत सरकार प्रष्ट नभएको बताउनु भयो । उहाँले अमेरिकामा अध्ययन र अनुसन्धानको लागि कुल बजेटको ७ प्रतिशत छुट्याउने गरेको उदाहराण् दिँदै नेपालले अध्ययन र अनुसन्धानको निम्ति १ प्रतिशत पनि बजेट नछुट्याएको गुनासो गर्नुभयो । उहाँले अध्ययन र अनुसन्धान सरकारको प्राथमिकतामा नपरेको बताउनु भयो । उहाँले अनुसन्धान विश्व विद्यालय उच्च शिक्षासँग जोडिएको पनि बताउनु भयो । उहाँले सरकारले दिएको शिक्षा मुलुकको स्रोत र आर्थिक समृद्धिसँग नजोडिएको बताउनु भयो ।
उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा परेनः नेता पौडेल
ताजा समाचार
तराई/मधेशमा लगातार हुस्सु र कुहिरो,जनजीवन कष्टकर
१ घन्टा अघि