जलवायु परिवर्तनको क्षति न्युनिकरणका लागि ‘नेचरबेस सोलुशन’मा जानुपर्छः विज्ञहरु | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

जलवायु परिवर्तनको क्षति न्युनिकरणका लागि ‘नेचरबेस सोलुशन’मा जानुपर्छः विज्ञहरु

काठमाडौं, ५ माघ ||
विज्ञहरुले जलवायु परिवर्तनको क्षति न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधान (नेचरबेस सोलुशन) मा जान जोड दिएका छन् । शुक्रवार ललितपुरमा आयोजित जलवायु परिवर्तनको क्षति न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधान राष्ट्रिय स्तरको गोष्ठीमा विज्ञहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले नेपालले पनि जलवायुजन्य विपद् न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधानको योजना बनाउन आवश्यक रहेको बताए । उनीहरुले जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा परापूर्वकालदेखि प्रयोग गरिरहेका ज्ञान, सीपहरुको प्रयोग गरेर क्षति न्युनिकरण गर्नसक्ने बताए । उनीहरुले प्रकृतिमा भएको श्रोतहरुको प्रयोगबाट पनि क्षति कम गर्न सकिने बताए । कार्यक्रममा बोल्दै चुरे तराई—मधेस संरक्षण विकास बोर्डका अध्यक्ष किरण पौड्यालले प्रकृतिमा आधारित समाधानमा केन्द्रित भएर जलवायुजन्य विपद्बाट भएका क्षति न्युनिकरण गर्न सकिने बताउनु भयो । उहाँले परिस्थिति र रुपान्तरणलाई बुझेर क्षति कम गर्नका लागि प्रकृतिमा आधारित समाधान जरुरी भइसकेको बताउनु भयो । उहाँले प्रकृतिमा आधारित समाधानका लागि राजनीतिक तहको स्वीकारोक्ति र नीति निर्माणको आवश्यकता रहेको बताउनु भयो । जलवायुजन्य असर कम गर्नका लागि स्थानीय सरकारले पनि प्रकृतिमा आधारित समाधानका नीति ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले सरकारले जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि बनाएका नीतिहरु पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । तीन तहकै सरकारले हरेक क्रियाकलापमा प्रकृतिमा आधारित समाधानलाई समावेश गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
अध्यक्ष पौड्यालले जलवायु परिवर्तनको असर न्युनिरकणका लागि सरकारले बनाएका नीति, नियमहरुको कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले आफ्नै आयोजनाको जोखिमलाई पनि बेवास्ता गर्ने परिपाटी विकसित भइरहेको बताउनु भयो । उहाँले आयोजनाहरु निर्माण गर्दा सस्तो र क्षणिक फाइदाका रुपमा मात्रै लिने गरिएको बताउनु भयो । उहाँले आयोजना बनाउँदा जोखिम न्युनिकरण र दिगो विकासमा बढी चासो नदिएको देखिएको बताउनु भयो ।
कार्यक्रममा डिसिए नेपालकी राष्ट्रिय निर्देशक सम्झना बिष्टले जलवायु परिवर्तनका समस्या न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले प्रकृतिमा आधारित समाधान कम पैसा लाग्ने र स्थनीय प्रयासबाट नै सफल र सहज हुने भएकाले जलवायुजन्य विपद् न्युनिकरणको उपयुक्त माध्यम बन्ने बताउनु भयो । उहाँले डिसिए नेपालले जलवायुजन्य विपद् न्युनिकरणका लागि क्षति तथा नोक्शानीलाई कम गर्ने उपायबारे काम गर्दै आइरहेको बताउनु भयो । उहाँले जैविक विविधतामा हालको वर्षहरुमा धेरै ह्रास आउनु जलवायु परिवर्तनकै कारण रहेको बताउनु भयो । प्रकृतिमा आधारित समाधानको परिभाषा एउटै बनाएर प्रकृतिलाई नै बचाउने र प्रकृतिसँगसँगै काम गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले जलवायुजन्य जोखिम न्युनिकरणको लागि प्रकृतिमा आधारित समाधान रापूर्वकालदेखि प्रयोग गरिरहेका ज्ञान, सीपहरुको प्रयोग गरेर, प्रकृतिमा भएको श्रोतको उपयोग गर्न सकिने बताउनु भयो
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव राजु सापकोटाले प्रकृतिमा आधारित समाधानको बुझाइमा एकरुपता बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले कतिपय सरकारी नीतिहरु एकपक्षिय रहेकाले सबै पक्षलाई बराबर समेटेर नीति निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ठूला परियोजना निर्माण गर्दा भविष्यमा पार्नसक्ने असरको बारेमा अध्ययन र आँकलन गरेर मात्रै निर्माण सुचारु गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अधिकांश राजनीतिक दलका नेताहरुको प्राथमिकता पूर्वाधार विकास मात्रै हुने गरेको बताउनु भयो । पूर्वाधार विकास गर्दा प्रकृतिमैत्री कसरी बनाउने भन्ने बारेमा पनि अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सरकारबाट बनाइएका नीति कार्यान्वयन गर्ने क्षमतामा समस्या रहेको औंल्याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);