तेस्रो तथा अन्तिम खेलमा जिम्बावे ९ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

तेस्रो तथा अन्तिम खेलमा जिम्बावे ९ विकेटले पराजित

काठमाडौं,५ माघ । कप्तान वानिन्दु हसरंगाको उत्कृष्ट बलिङसँगै जिम्बाबेविरुद्ध टि–२० क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । श्रीलंकाको कोलोम्बामा तेस्रो तथा अन्तिम टि–२० क्रिकेटमा जिम्बावेलाई ९ विकेटले हराएर श्रीलंकाले श्रृंखला २–१ ले जितेको हो ।

जितको लागि ८३ रनको सामान्य लक्ष्य श्रीलंकाले १० दशमलव ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा पाथुम निसंका ३९ रनमा नट आउट रहे । कुशल मेन्डिस ३३ रनमा आउट भए । धनन्जय डि सिल्भा १५ रनमा नट आउट रहे । यो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे १४ दशमलव १ ओभरमा ८२ रनमा सिमित रह्यो । जिम्बावेका ब्रायन बेनेटले २९ रन बनाए ।

अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन सकेनन् । श्रीलंकाका वानिन्दु हसरंगाले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । एन्जिलो म्याथ्युज र महेश थिक्सेनाले २–२ विकेट लिए । यो श्रृंखलाको पहिलो खेलमा श्रीलंका ३ विकेटले विजयी हुँदा दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);