जबरजस्ती करणी गराउने मतियारसहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

जबरजस्ती करणी गराउने मतियारसहित ३ जना पक्राउ

दाङ,४ माघ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् ।
सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ भने सुकबिर कुमाल र अन्य २ जना बालकमाथि जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);