निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाउन निर्वाचन आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाउन निर्वाचन आयोगको निर्देशन

nirbachan ayog new

काठमाडौं,४ माघ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । माघ ११ गते हुने चुनावका लागि उम्मेदवार, मतदाता र मतदानस्थलको सुरक्षा लगायतमा ध्यान दिन आयोगले सरकारलाई भनेको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयलाई नौ बुँदे निर्देशन दिएको हो । आयोगले मतपत्र ढुवानी कार्ययोजना बमोजिम गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउने निर्देश दिएको छ ।

निर्वाचक मण्डलका सदस्य मतदाताहरूलाई मतदान स्थल रहेको मोरङको विराटनगर, धनुषाको जनकपुर, मकवानपुरको हेटौंडा, कास्कीको पोखरा, दाङको घोराही, सुर्खेतको विरेन्द्रनगर र कैलालीको धनगढीमा होटल व्यवसायीहरूसँग समन्वय गरी मतदाताहरूको निजी खर्चमा बसोबासको प्रवन्ध मिलाउन आवश्यक समन्वय गर्न आयोगले भनेको छ । त्यसैगरी उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउने लगायतका निर्देशन आयोगले सरकारलाई दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);