पर्यटन प्रवद्र्धनका लागि सम्पदा गाउँ निर्माण गर्दैछौँः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पर्यटन प्रवद्र्धनका लागि सम्पदा गाउँ निर्माण गर्दैछौँः मन्त्री किराँती

काठमाडौं, ३ माघ ||
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवद्र्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरु गरेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटन प्रवद्र्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजि कार्य अघि बढाएको बताउनु भयो । उहाँले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताउनु भयो । उहाँले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको दाबी गर्नुभयो । उहाँले आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताउनु भयो । उहाँले पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताउनु भयो । मन्त्री किराँतीले ठूलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);