इजरायल र हमासबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

इजरायल र हमासबीच सम्झौता

काठमाडौं,३ माघ । इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् । कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ ।

त्यसको बदलामा इजरायलले गाजामा थप आधारभूत आपूर्तिहरूलाई अनुमति दिने कतारका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । एक सय दिनभन्दा बढी समयसम्म इजरायली आक्रमणका कारण गाजाका विभिन्न क्षेत्रमा अवस्था भयावह रहेको भन्दै अन्तराष्ट्रिय समुदायले चिन्ता व्यक्त गरिरहेको बेला यो सम्झौता भएको हो ।

यसैबीच अमेरिकाले अब हुने वार्ताले थप बन्धकहरूलाई रिहा गर्न सहमति हुन सक्ने आशावादी रहेको बताएको छ । अमेरिकी मध्यपूर्व राजदूत लगायतका अधिकारीहरु इजरायल र हमासबीच थप सम्झौता गराउने प्रयासमा कतारमा रहेको ह्वाइट हाउसले जनाएको छ । अहिलेसम्म भएका छलफलहरू गम्भीर र गहन रहेको भन्दै अमेरिकाले छिटै नै युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);