रेडक्रस सोसाईटी उपशाखा बुटवलको १८औ वार्षिक साधारण सभा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

रेडक्रस सोसाईटी उपशाखा बुटवलको १८औ वार्षिक साधारण सभा सम्पन्न

रुपन्देही, २ माघ । सत्यनारायण मानन्धर । नेपाल रेडक्रस सोसाईटी बुटवल उप शाखा रुपन्देहीले १८औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रश सोसाईटी बुटवल उप शाखाका सभापति बेनबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा १८ औ साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थालाई योगदान पुर्याउनेहरुलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । बुटवल उप शाखाका कोषाध्यक्ष दिलबहादुर थापाले वार्षिक आयव्यय प्रतिवेदन पेश गर्दै आम्दानी तर्फ ७ लाख ३२ हजार ३ सय ३० रुपैँया र खर्च तर्फ ६ लाख ४९ हजार १ सय १३ रुपैँयाको आयव्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा रुपन्देहीका निवर्तमान सभापति प्रेमलाल उदाशले पाँचौं अधिवेशनबाट सर्वसम्मत चयन भएका नवनिर्वाचित कार्यसमितिको नामावली प्रस्तुत गर्नुका साथै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

नयाँ कार्यसमितिमा बेनबहादुर पौडेल क्षेत्रीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति बनाइएको छ । कार्यक्रममा उप-शाखा बुटवलका सचिव लोकनाथ पाण्डेले हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । यस्तै बुटवलका पुर्व नगर प्रमुख द्वय पुनाराम पोखरेल र रूपसिंह थापाले बुटवलमा नेपाल रेडक्रश सोसाईटी बुटवल उप शाखाले राम्रो सेवा गर्दै आइरहेको र आगामी दिनमा यस संस्थाले अझ राम्रो कार्य गरेर दुःखीहरुको दुःखमा सहयोग गर्दै जाओस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);