पेट्रोलियम पदार्थको मूल्य घट्यो,नयाँदर आजदेखि लागू | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो,नयाँदर आजदेखि लागू

petrol oli

काठमाडौं,२ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँ मूल्य घटाएको हो ।

जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३ रुपैया ५० पैसा, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३ रुपैया ५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । भारतीय आयल निगमले भने पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैंया २६ पैसा र डिजेल÷मट्टितेलको मूल्यमा प्रति लिटर ८३ पैसाले घटाएको छ । घटाइएको मूल्य आजदेखि लागू भएको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);