गाडी खसेको सूचना आएसँगै गोताखोरको टोली त्रिशुली नदीमा | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

गाडी खसेको सूचना आएसँगै गोताखोरको टोली त्रिशुली नदीमा

काठमाडौं,२ माघ । त्रिशुली नदीमा गाडी खसेको सुचनाको आधारमा गोताखोरको टोली परिचालन गरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ को ३ नम्बर पुल नजिकबाट त्रिशुली नदीमा गाडी खसेको सुचना पाएपछि गोताखोरको टोली डुंगा लिएर नदीमा प्रवेश गरेर खोजि सुरु भएको हो ।

स्थानीयले सवा ४ बजेतिर त्रिशुली नदीमा गाडी खसेको खबर मुग्लिन प्रहरीलाई खबर गरेका थिए । कति नम्बरको गाडी, कता जादै थियो भन्ने बारेमा केही खुलेको छैन् ।

प्रहरीको अनुसार भारतीय नम्बर प्लेट भेटिएको छ । तर फलामको टुक्रा र नम्बर प्लेट पुरानो हो वा नयाँ हो भन्ने छुट्एिको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);