४ महिना अघि बिहे गरेका श्रीमान मृत फेला,श्रीमती गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

४ महिना अघि बिहे गरेका श्रीमान मृत फेला,श्रीमती गम्भिर घाइते

death body

काठमाडौं,१ माघ । धनुषामा एक पुरुष मृत भेटिएका छन् । उनकी श्रीमती गम्भिर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महोत्तरीको लोहारपट्टी–३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनकी श्रीमती अस्मिता सहनी गम्भिर घाइते अवस्थामा भेटिएकी हुन् । राधे क्षिरेश्वर नगरपालिका–३ पकडियास्थित गहुँ खेतमा सोमबार बिहान मृत फेला परेका थिए ।

उनकी श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरुको ४ महिना अघि प्रेम विवाह भएको थियो । श्रीमतीको माइती पकडिया हो । ससुराली पुगेका सहनी दम्पत्ति डेरामा फर्किएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);