जनकपुरधाममा बैंकहरुबिरुद्ध उद्योगी व्यापारीहरुको बिरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

जनकपुरधाममा बैंकहरुबिरुद्ध उद्योगी व्यापारीहरुको बिरोध प्रदर्शन

janakpurdham

काठमाडौं,१ माघ । उद्योगी व्यापारीहरुले जनकपुरधाममा बैंकहरुबिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । आईतवार पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरु बिरुद्ध प्रदर्शन गरेको हो ।

बैंकको चर्को ब्याजबिरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको ¥याली राष्ट्र बैंक अगाडी पुगेर धर्नामा परिणत भएको थियो । बैंकहरुको चर्को ब्याजदरबिरुद्ध आफूहरुलाई आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीहरुले बताए ।

धर्नामा बोल्दै संघर्ष समितिका संयोजक सुधिर पजियारले नेपालीहरुलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरुसंग आग्रह गर्नुभयो । उहाँले व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पु¥याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको आरोप लगाउनु भयो । उहाँले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक निलाम नराख्नुका साथै कलोसूचिमा नराख्न माग गर्नुभयो । व्यापारीहरुले आफूहरुको माग सम्बोधन नभए आगामी दिनमा सशक्त आन्दोलन गर्ने पजियारले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);