२०२३ मा कतिले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

काठमाडौं,२९ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै यात्रु आवतजावत गरेका छन् । सन् २०२३ मा त्रिभुवन विमानस्थलबाट ४५ लाख ४१ हजार १३७ जनाले आवतजावत गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यो संख्या सन् २०२२ को तुलनामा ३० प्रतिशत भन्दाबढी हो । कोरोना महामारीको समयअघि सन् २०१८ मा भन्दा ४ दशमलव ५ प्रतिशतले बढी रहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण संख्या ३१ हजार ४६० रहेको छ ।

यो अवधिमा नेपालबाट २४ लाख २० हजार ७८७ जना विदेश गएका छन् भने २१ लाख २० हजार ३५० जना नेपाल भित्रिएका छन् ।

उडान संख्या सन् २०२२ को तुलनामा २९ दशमलव ४ प्रतिशतले बढी हो भने कोरोना महामारी भन्दा अगाडि सन् २०१८ भन्दा १० दशमलव ७६ प्रतिशतले कम हो ।

Leave a Reply