पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै

alam

काठमाडौं,२९ पुुस । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ । रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा आलम लगायतका ११ जनाविरुद्ध दायर रिटमा आजदेखि निरन्तर अन्तिम सुनुवाइ हुन लागेको हो ।

यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश बमोजिम मंसिर २४ मा वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन । यस मुद्दालाई सर्वोच्च अदालतले छिटो किनारा लगाउन दबाब समेत दिएको थियो ।

२०७६ साल कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा आलमसहित ११ जना थुनामा छन् । २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनमा जित हासिल गर्न विस्फोटक पदार्थ संकलन गरी राखेको अवस्थामा विस्फोट हुँदा बम बनाउँदै गरेका पिन्टु भनिने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए ।

आलमले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विस्फोटक पदार्थ र हातहतियार तयार गरेका थिए । सांसद उम्मेदवारसमेत रहेका आलमले पोल खुल्ने डरले घाइते भएका पिन्टु र मियाँलाई आफ्नै ईट्टा भट्टाको चिम्नीमा जलाएर मारेको उनीमाथि आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);