चन्द्रागिरि दुर्घटनाः चारै जना मृतक एकै परिवारका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चन्द्रागिरि दुर्घटनाः चारै जना मृतक एकै परिवारका

काठमाडौं, २८ पुस ||
काठमाडौंको चन्द्रागिरी नगरपालिकामा शनिबार भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा.महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतमको मृत्यु भएको हो । उनीहरू सबै एकै परिवारका हुन् । जिपका चालक डा. गौतम बालरोग विशेषज्ञ हुन् । डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सकुशल छिन् भने उनको ६ वर्षकी छोरी स्मारिका गौतमको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
६ जना सवार प्र–३–०१–२३ च ६९८५ नम्बरको जिप दुर्घटनामा परेको हो । काठमाडौंबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);