नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

काठमाडौं, २७ पुस ||
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित हुनु भएको छ । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उहाँ निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोल्नु भएको थियो । रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री हुनुहुन्छ । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बन्नु भएको हो । वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्वारोध निर्वाचित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);