राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्छः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८१, बुधवार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्छः रवि लामिछाने

काठमाडौं, २७ पुस ||
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताउनुभएको छ । शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने बताउनु भयो । राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने बताउनु भयो । सभापति लामिछानले राष्ट्र निर्मातालाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);