तत्कालिन पर्यटनमन्त्रीको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आएनः अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

तत्कालिन पर्यटनमन्त्रीको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आएनः अध्यक्ष तिमिल्सिना

काठमाडौं, २६ पुस ||
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालिन पर्यटनमन्त्री र कर्मचारीहरुको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमा विभागिय मन्त्री र कर्मचारीहरुको स्वार्थका कारण नेपाल हवाइसेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उडड्यन प्राधिकरण विधेयक आउन नसकेको बताउनुभएको हो । उहाँले राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको भएपनि स्वार्थवश प्रतिनिधि सभाबाट पुनः राष्ट्रिय सभामा फिर्ता नआएको बताउनु भयो । उहाँले युरोपियन युनियनले नेपालीलाई कालोसूचिमा राखेको अवस्थामा सेवा प्रदायक निकाय र नियामक निकाय एउटै हुनु नहुने प्रावधानसहित विधेयक ल्याउनुपर्ने भएपनि कर्मचारीहरुले सो कुरा स्वीकार गर्न नसकेका बताउनु भयो । उहाँले वायु सेवा निगमका कर्मचारीहरुले पार्टीका नेताहरुको कुरा सुनेका पनि बताउनु भयो । उहाँले अझै पनि सरकारले चाहेमा सो विधेयक ल्याएर पारित गर्नसक्ने भएपनि प्रयत्न नगरिएको बताउनु भयो । उहाँले नेताहरु निहित स्वार्थमा लागेका पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);