सत्ता गठबन्धनले ७७ वटै जिल्लामा समन्वय समिति बनाउने | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सत्ता गठबन्धनले ७७ वटै जिल्लामा समन्वय समिति बनाउने

काठमाडौं,२६ पुस । राष्ट्रिय सभामा आफ्ना उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनले ७७ वटै जिल्लामा समन्वय समिति बनाउने भएको छ ।

गठबन्धनबाट गठित केन्द्रीय समन्वय समितिको बुधबार बसेको बैठकले सबै प्रदेश र जिल्लामा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनले तालमेल गरेको छ ।

कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक जना उम्मेदवार उठाउने भएका छन । गठबन्धनका उम्मेदवार जिताउनका लागि केन्द्रीय तहमा कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा समिति बनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);