पाँच संसदीय समितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

पाँच संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं,२६ पुस । आज एकैपटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ८ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद डोलप्रसाद अर्यालबाट श्रमिकको हित विपरित हुनेगरी श्रम मन्त्रालयले गरेका निर्णयका सन्दर्भमा नीतिगत छलफल गराउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ ब्जे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपाल र भारतबीच हालै भएको दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौताका सम्बन्धमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परीक्षा बोर्डसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धी छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);