बम्जनको घरमा भेटिएको ३ करोड ३४ लाख कहाँबाट आयो ? | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

बम्जनको घरमा भेटिएको ३ करोड ३४ लाख कहाँबाट आयो ?

काठमाडौं,२६ पुस । यौन दुराचार र अनुयायी बेपत्ता आरोपमा मंगलबार पक्राउ परेका तपस्वी भनिने रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ ।

बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई प्रहरीले सार्वजनिक गरेको हो । बम्जनको निवासबाट बरामद गरिएको ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ पनि प्रहरीले सार्वजनिक गरेको छ ।

२०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएको नेपाल प्रहरीले मंगलवार काठमाडौंको हात्तीगौंडास्थित निवासबाट बम्जनलाई पक्राउ गरेको थियो । त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाईल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको छ ।

उनीमाथि आफ्ना चेलाहरुको हत्या गरेको आरोप पनि छ । त्यसैगरी बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशीबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);