बम्जनको घरमा सिआईबिको छापा, १६ देशका मुद्रा, २० वटा मोबाइल, दुई वटा ल्यापटप बरामद | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

बम्जनको घरमा सिआईबिको छापा, १६ देशका मुद्रा, २० वटा मोबाइल, दुई वटा ल्यापटप बरामद

ram-bahadur-bamjan

काठमाडौं,२५ पुस । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको घरमा छापा मारेर प्रहरीले १६ वटा देशका मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, बुढानीलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मारेर प्रहरीले अमेरिकन डलर, थाई भाट, क्यानडियन डलरलगायतका विभिन्न मुलुकका मुद्रा बरामद गरेको हो । प्रहरीले बोम्जनको घरबाट कम्तिमा २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको छ । सीआईबीले बोम्जनलाई मंगलबार साँझ हात्तिगौंडाबाट पक्राउ गरेको हो ।

त्यहाँ श्रीमती र छोराछोरीसहित बसेका थिए । विशेष सूचनाका आधारमा ब्यूरोका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले त्यहाँ पुगेर बोम्जनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि बोम्जनले घरको दुई तलामाथिबाट हामफालेर भाग्ने प्रयास गरेका थिए । यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

बोम्जनविरुद्ध अनुयायी बेत्तपा पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);