काठमाडौं, २४ पुस ||
तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप पनि छ । यस्तै सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ । सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।
रामबहादुर बम्जन पक्राउ
ताजा समाचार
यसरी मनाइयाे प्रजातन्त्र दिवस (फाेटाेफिचर)
४८ मिनेट अघि
‘आत्मनिर्भरताका लागि राजनीतिक स्थिरता आवश्यक’
१ घन्टा अघि




