राप्रपाले पृथ्वीजयन्ती मनाउँदै,८ हजारलाई निम्तो | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

राप्रपाले पृथ्वीजयन्ती मनाउँदै,८ हजारलाई निम्तो

काठमाडौं,२३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ ।

चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेसाकर्मी, बुद्धिजीवीलगायत ८,००० जनालाई निम्तो गरिएको राप्रपाले जनाएको छ । त्यही दिन राप्रपाले सिंहदरबारस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।

भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हककुदै सिंहदरबार अगाडि रहेको शालिकमा पुगेर माल्यार्पण गरिने बताइएको छ । साथै पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तक्रिया, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई सर्कुलर गरेको छ ।

पृथ्वीजयन्तीलाई एकता दिवस र उत्सवका रुपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समितिसमेत गठन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);