कतिले गरे नेपाल वुड अन्तर्राष्ट्रिय मेलाको अवलोकन ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

कतिले गरे नेपाल वुड अन्तर्राष्ट्रिय मेलाको अवलोकन ?

काठमाडौं,२३ पुस । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको तीन दिने ९औँ नेपाल वुड अन्तर्राष्ट्रिय मेलामा ३० हजार बढी अवलोकन कर्ताहरुले उपस्थिति जनाएका छन् । गत शुक्रवारबाट शुरु भएको मेलामा उपभोक्ता एवं अवलोकन कर्ताहरुको उपस्थिति उल्लेख्य रहेको आयोजकले बताएको छ । आईतवारबाट सकिएको मेलामा आर्किटेक्ट, इन्जिनियरहरुको उपस्थिति बाक्लो रहेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो ।

उहाँले आफूहरुको अपेक्षा २० देखि २५ हजार रहेपनि मेलामा ३० हजार बढीले अवलोकन गरेको बताउनु भयो । उहाँले मेलाले नयाँ व्यवसायीहरुको मनोबल बढाएको र नयाँ उद्योग खोल्नका लागि सजिलो भएको प्रतिक्रिया मेला अवलोकन कर्ताहरुले दिएको प्रवन्ध निर्देशक भट्टराईले बताउनु भयो । उहाँले मेलामा सहभागी विदेशी कम्पनीहरुले नेपाललाई नयाँ बजार बनाउनका लागि सहज र भविष्यको लागि काम गर्ने बजारको रुपमा लिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तीन दिनदेखि शुरु भएको मेलामा आर्किटेक्ट, इन्जिनियरहरुको राम्रो उपस्थिति रह्यो । हिजो पनि राम्रो उपस्थिति भयो । यो तीन दिनमा २५ देखि ३० हजार मानिसले अवलोकन गर्नुभयो । हाम्रो अपेक्षा २० देखि २५ हजार थियो । सोचेको भन्दा धेरै राम्रो उपस्थिति भयो । अवलोकनकर्ताहरुले बजार तल्लो स्तरमा पुगेको छ, तर बजार उठ्ने क्रममा रहेकाले नयाँ उद्योग थपिने अवस्था रहेको देखियो । यस्ता प्रदर्शनीले नेपालमा नै बुझ्ने र उद्योग खोल्न सजिलो भयो भन्ने प्रतिक्रिया आयो । विदेशी कम्पनीहरुले नेपाललाई नयाँ बजार बनाउनका लागि सहज र भविष्यको लागि काम गर्ने बजारको रुपमा देख्नुभएको छ । आर्थिक रुपमा बजार अलिकित खुम्चिए पनि यो धेरै दिन खुम्चिने होइन । किनभने मानिसहरु काम गर्न इच्छुक हुनुहुन्छ । यो मेलाले सानो लगानीबाट उद्योग शुरु गरेर आफ्नो खुट्टामा उभिन सकिन्छ भन्ने सन्देश छ ।’

मिडिया स्पेस सोलुसन्स प्रा.लि. नेपाल र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि. भारतको संयुक्त आयोजनामा सञ्चालित मेलामा ८० कम्पनीहरुले १५० भन्दा बढी ब्राण्डका सामानहरु राखिएको छ । मेलामा नेपाल, भारत, चीन, मलेसिया, इटाली लगायत देशका कम्पनीका स्टलहरु रहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);