कांग्रेससहित अधिकांश दलहरुले टुंग्याए उम्मेदवार,महामन्त्री थापाको लिखित असहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कांग्रेससहित अधिकांश दलहरुले टुंग्याए उम्मेदवार,महामन्त्री थापाको लिखित असहमति

काठमाडौं,२३ पुस । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो । राति अबेर केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो कोशीमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले र मधेशमा आनन्दप्रसाद ढुंगानाले टिकट पाउनु भएको छ ।

वाग्मतीमा महिला संघ काठमाडौंको पूर्व अध्यक्ष विष्णु देवी पुडासैनी र तरुण दलका पूर्व अध्यक्षजितजंग बस्नेत उम्मेदवार चयन हुनु भएको छ । कांग्रेसले गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारलाई ,लुम्बिनीमा विष्णु देवी सापकोटाले कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकायाले सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।

१० जना मध्ये गण्डकीमा दुई जना र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै शेखर कोइराला र गगन थापा पक्षले पाएको छ । ४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाउनु भएको छ । मधेशमा मधेशी मूलका व्यक्ति नभएको भन्दै नेता अर्जुन नरसिंह केसी र बल बहादुर केसीले पनि लिखित असहमति जनाउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);