काठमाडौं,२२ पुस । पछिल्लो समय नेपालमा विदेशबाट सुन भित्रिने क्रम बढ्दै गइरहेको छ ।
आज पनि त्रिभुवन विमानस्थलमा १ किलो ३ सय ग्राम सुन बरामद भएको छ ।
शनिबार राति १२ बजे फ्लाई दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले साथबाट सुन बरामद भएको हो ।
सो बारे अनुसन्धान भइरहेको विमानस्थलले जनाएको छ ।