काठमाडौं,२२ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधिनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको आरोप लगाउनुभएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत खरिद सम्झौतामा नेपालको स्वधिनतामाथि आँच आउने खालको प्रावधान रहेको उहाँको दाबी छ ।
शनिवार पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय विदेश मन्त्रीसँगको सम्झँेताबारे सरकारले आफ्नो एमालेसँग छलफल समेत नगरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सत्तारुढ गठबन्धनले मुलुकका स्वाधिनता र स्वतन्त्रता धुमिल बनाउने काम गरेको भन्दै त्यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरु एकतावद्ध हुनुपर्ने उल्लेख गनुृभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धन सामाजिक सदभावमाथि आँच पु¥याउनेतर्फ अग्रसर रहेको भन्दै त्यसविरुद्ध एमालेमा गोलबन्द हुन सबैलाई आग्रह गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धिको लागि केपी ओली नेतृत्वको सरकारले अघि बढाएका महत्वपूर्ण विकास आयोजनाहरुलाई वर्तमान सरकारले अघि बढ्न नदिएको टिप्पणी गर्नुभयो ।