सर्लाहीको बरहथवा घटनाको छानबिन गर्न गृहले बनायो ३ सदस्यीय समिति | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

सर्लाहीको बरहथवा घटनाको छानबिन गर्न गृहले बनायो ३ सदस्यीय समिति

काठमाडौं,२२ पुस । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ । शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको हो ।

समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य हुनुहुन्छ । शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा–६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको हो ।

मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको गृह मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसैबीच घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले त्यसबारे छानविन हुने र प्रहरी दोषी देखिए कारबाही हुने स्पष्ट गर्नुभएको छ ।

बरहथवामा प्रदर्शनका क्रममा गोली चलेको र एक युवाको ज्यान गएको सन्दर्भमा शनिबार बसेको सर्वदलीय बैठकपछि प्रमुख जिल्ला अधिकारी धमलाले सबै विषय बुझेपछि प्रहरी दोषी देखिए कारबाही गरिने स्पष्ट गर्नु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);