रणवीरको एनिमलको सक्सेस पार्टीमा आलियाको स्टाइलको चर्चा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

रणवीरको एनिमलको सक्सेस पार्टीमा आलियाको स्टाइलको चर्चा

काठमाडौं,२२ पुस । गत वर्ष कमाईको हिसाबले बलिउड फिल्मका लागि निकै प्रभावकारी सावित भएको थियो । वर्षको अन्त्यमा सुपरस्टार रणवीर कपूरको फिल्म ‘एनिमल’ ले सफलताको सही टास्क पूरा गर्यो । यो चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेर सबैलाई प्रभावित बनाएको छ ।

एनिमलको सफलतालाई ध्यानमा राख्दै निर्माताले शनिबार मुम्बईमा सक्सेस पार्टी आयोजना गरेका छन्, जसमा रणवीर कपूर आफ्नो परिवारसँग देखिएका छन् । रणवीर कपूर आफ्नो परिवारसँग ‘एनिमल’को सक्सेस पार्टीमा सहभागी भएका थिए ।

निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’ ले आफ्नो उत्कृष्ट प्रदर्शनले फ्यानलाई मनोरञ्जन दिएको छ । यस फिल्ममा रणबीर कपुर, रश्मिका मन्डन्ना, अनिल कपुर, बबी देओल र तृप्ति डिमरी जस्ता कलाकारले आफ्नो उत्कृष्ट अभिनय कौशल देखाएका छन् ।

फिल्मको भव्य सफलतालाई ध्यानमा राख्दै निर्माण पक्षले मुम्बईमा एक सक्सेस पार्टीको आयोजना गरेको छ । यसै क्रममा रणवीर कपूर आफ्नो सम्पूर्ण परिवारसँग ‘एनिमल’ को सक्सेस पार्टीमा पुगेका छन् । यस अवसरमा सेलेब्स फोटोग्राफर पल्लव पालीवालले नयाँ तस्विरहरु सेयर गरेका छन् । रणवीर आफ्नी पत्नी तथा अभिनेत्री आलिया भट्ट, नीतु सिंह र महेश भट्टसँग सँगै देखिएका छन् ।

कमाईको हिसाबले रणवीर कपूरको ‘एनिमल’ ले बक्स अफिसमा राम्रो कमाई गरेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार यो फिल्मले भारतीय बक्स अफिसमा ५५० करोडको नेट बिजनेस गरेको छ ।

यसबाहेक विश्वव्यापी कलेक्सनका हिसाबले रणवीरको यो फिल्मले ८९६ करोड भारुको ठूलो व्यापार गरेको छ । यति मात्र होइन ‘एनिमल’ अहिले पनि थिएटरमा चलिरहेको छ ।

Leave a Reply