राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने

काठमाडौं, २१ पुस ||
राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले । सरकारमा सहभागी दलहरुको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताउनु भयो । प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताउनु भयो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);