सबै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छः प्रथम राष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सबै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छः प्रथम राष्ट्रपति यादव

काठमाडौं, २१ पुस ||
नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । शनिवार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले अहिलेको सरकारले र अहिलेको नेपाली काँग्रेससहितका पार्टीहरुले राम्रो काम गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताउनु भयो । उहाँले दैनिक हजारौँ मानिसहरु विदेश गइरहेकोप्रति पनि गुनासो गर्नुभयो । उहाँले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताउनु भयो । उहाँले सबै मिलेर देश, जनता र देशको सार्वभौम सत्ताको अस्तित्व जोगाउनुपर्ने बताउनु भयो । प्रथम राष्ट्रपति यादवले देशको अस्तित्व कायम राख्नका लागि पनि आम जनताहरु एक हुनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);