सर्लाहीको बरहथवामा गोली लागेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सर्लाहीको बरहथवामा गोली लागेर एक जनाको मृत्यु

सर्लाही, २० पुस ||
सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको झडपमा गोली लागेर एक जनाको ज्यान गएको छ । बरहथवा नगरपालिकाको नगर प्रमुख कल्पना कटुवालको घरमा आन्दोलनकारीले तोडफोड गर्ने क्रममा गोली टाउकोमा लागेर एक जनाको घटना स्थलमै ज्यान गएको छ। No description available.
गोली लागेर बरहथवा नगरपालिका ६ का बंगाली साहका अन्दाजी २९ बर्षिय जयशंकर साहको घटना स्थलमै ज्यान गएको छ । साह आफ्नो कुखुरा फर्मबाट दाना पुर्याएर मोटरसाइकलमा बरहथवा बजारतर्फ आउने क्रममा नेपाल विद्युत् प्राधिकरण कार्यालय नजिक टाउकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताए। गोली लागेर ज्यान गुमाएका साह बरहथवा स्थित सर्लाही होटेलका सञ्चालक हुन। उनका बुबाको मृत्यु कोरोनाकालमा हर्टअटेक भएर भएको थियो ।No description available.
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आन्दोलित पक्षबाट गोलि लागेर युवकको मृत्यु भएको बताए पनि मृत्युको कारण खुल्न बाकी रहेको बताए । तर, आन्दोलित पक्षले युवकको प्रहरीले चलाएको गोलि लागेर मृत्यु भएको दाबी गरेका छन् ।
बरहथवा–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको लागि मधेस प्रदेश सरकारलाई हस्तनान्तरण गर्न, नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका कारण स्थित तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीहरुले नगरपालिकाको कार्यालय र नगर प्रमुख कटुवालको घरमा ढुङ्गामुडा गरेका थिए ।
बरहथवा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले गत असोज ९ गते प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरउन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । अहिले सो निर्णयबाट नगरप्रमुखसहित बहुमत सदस्य पछि हटेका छन् । काङ्ग्रेस र जसपाका जनप्रतिनिधि भने निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा छन् ।
यहीँ विषयमा छलफल गर्न आज बिहान सर्वदलीय बैठक बोलाइएकोमा नगरपालिकाले एक सुचना निकालेर बैठक स्थगित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);