रुस र युक्रेनको श्रम स्वीकृतिमा सरकारले लगायो रोक, अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृती नदिने | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

रुस र युक्रेनको श्रम स्वीकृतिमा सरकारले लगायो रोक, अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृती नदिने

rojgar bivag

काठमाडौं,२० पुस । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनबीच जारी युद्धमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै ती दुवै देशका लागि श्रम स्वीकृति रोकेको हो ।

हाल रसिया तथा युक्रेनबीच युद्ध भई रहेको तथा नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको समाचारहरु विभिन्न समाचार पत्रमा आई रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । हाललाई अर्को व्यवस्था नभएसम्मका लागि श्रम स्वीकृती रोकेको विभागको सूचनामा उल्लेख छ । हालसम्म रुसी सेनामा गएर १० जना नेपालीको मृत्यु भएको छ भने रुसी सेनामा भर्ना भएका ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा छन् ।

यसअघि परराष्ट्रमन्त्री एनपी साउदले सय भन्दा बढी हराईरहेको उजुरी आएको भनिसक्नु भएको छ । केहीअघि प्रधानमन्त्री प्रचण्डले दुई सयभन्दा बढी नेपाली रुसी सेनामा भर्ना भएको जानकारीमा आएको बताउनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);