काठमाडौं,२० पुस । आगामी माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगको अनुसार निर्वाचन अधिकृतको कार्यालयमा नामावली प्रकाशन हुनेछ ।
निर्वाचनमा प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आजैदखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधका कार्य सुरु हुनेछ ।
आगामी पुस २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
त्यसैगरी, आगामी पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिने छ भने पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।