अमेरिकी विद्यालयमा बालकले गोली चलाउँदा एकको मृत्यु, ५ विद्यार्थी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

अमेरिकी विद्यालयमा बालकले गोली चलाउँदा एकको मृत्यु, ५ विद्यार्थी घाइते

एजेन्सी,२० पुस । अमेरिकाको आयोवाको एक विद्यालयमा १७ वर्षीय बालकले गोली चलाएको छ । घटनामा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार आक्रमणका अभियुक्त पनि मृत फेला परेका छन् । उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीहरुले आशंका गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटना बिहीबार बिहान ७ः३० बजे (स्थानीय समय) भएको हो। पब्लिक सेफ्टी डिभिजन अफिसर मिच मोर्टवेटले पेरी स्कूलका प्रिन्सिपललाई पनि गोली लागेको बताएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य चार जनाको अवस्था स्थिर रहेको छ ।

१५ वर्षीय जेन्डर शेली विद्यालयको दिन सुरु हुनको लागि हलवेमा पर्खिरहेका थिए जब उनले बन्दुकको आवाज सुने र कक्षा कोठामा दौडे। उनका बुबा केभिन शेलीका अनुसार बिहान ७ः३६ मा उनले मलाई मेसेज गरिन्। त्यसपछि उनी कक्षाकोठामा लुकेर बसेका थिए ।

१८ वर्षीया राहेल केरेस बिहान ८ः३७ मा ज्याज ब्यान्ड अभ्यास पूरा गरिरहेकी थिइन्। उनले भर्खरै आफ्नो घडी हेरेका थिए जब उनी र उनका साथीहरूले चारवटा बन्दुकको आवाज सुने। अमेरिका नागरिकहरूको हतियार स्वामित्वको सन्दर्भमा विश्वको अग्रणी छ। स्विट्जरल्याण्डको स्मॉल आर्म्स सर्भे वा एसएएसको प्रतिवेदन अनुसार विश्वमा रहेको कुल ८५ करोड ७० लाख नागरिक बन्दुकमध्ये अमेरिकासँग मात्रै ३९ करोड ३० लाख नागरिक बन्दुक छन्। अमेरिकाले विश्वको जनसंख्याको ५% ओगटेको छ, तर अमेरिकामा मात्रै विश्वको कुल नागरिक बन्दुकको ४६% छ।

अक्टोबर २०२० ग्यालप सर्वेक्षण अनुसार, ४४% अमेरिकी वयस्कहरू बन्दुक भएको घरमा बस्छन्। यी मध्ये एक तिहाइ वयस्कहरूसँग बन्दुकहरू छन्। द्दण्ज्ञढ को रिपोर्ट अनुसार अमेरिकामा टघ हजार लाइसेन्स गन डीलरहरू थिए, जसले त्यो वर्ष अमेरिकी नागरिकहरूलाई डघ हजार करोड रुपैयाँको बन्दुक बेचेका थिए।

२३१ वर्ष बितिसक्दा पनि अमेरिकाले आफ्नो बन्दुक संस्कृति अन्त्य गर्न सकेको छैन । यसका दुईवटा कारण छन्। पहिलो– राष्ट्रपतिदेखि राज्यका गभर्नरसम्म धेरै अमेरिकीहरूले यो संस्कृति कायम राख्ने वकालत गर्दै आएका छन्। दोस्रो, बन्दुक उत्पादन गर्ने कम्पनीहरू अर्थात् बन्दुक लबी पनि यस संस्कृतिको अस्तित्वको मुख्य कारण हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);