काठमाडौं, १९ पुस ||
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताउनुभएको छ । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटकहरु आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताउनु भयो । उहाँले भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरु बाहिरिने गरेको भन्दै ती पर्यटकहरु नेपालले तान्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालले चीन र भारतसँग प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै भएको बताउनु भयो । उपमहासचिव पुनले भारतीय पर्यटकका लागि सीमानाकाका होटलहरु वैवाहिक सिजनमा चलायमान बनाउने र आकर्षक बनाउनुपर्ने बताउनु भयो । उहाँले भारतसँगका सीमाना नजिकमा क्यासिनो वा मिनिक्यासिनो सञ्चालन गर्नसके पनि राम्रो हुने बताउनु भयो ।
चीन र भारतसँग नेपालले प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै होः वर्षमान पुन
ताजा समाचार
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
८ घन्टा अघि