झापा,१८ पुस । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका–९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।