इजरायली ड्रोन आक्रमणमा हमास नेता सालेहसहित ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

इजरायली ड्रोन आक्रमणमा हमास नेता सालेहसहित ६ जनाको मृत्यु

एजेन्सी,१८ पुस । लेबनानको राजधानी बेरुतको उपनगर दहियामा मंगलबार साँझ इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ नेता सालेह अल–अरौरीको मृत्यु भएको छ । लेबनानको आधिकारिक नेशनल न्युज एजेन्सीका अनुसार उक्त हमलामा कुल ६ जनाको मृत्यु भएको छ । अन्य मारिनेमा अल कसम ब्रिगेडका नेता समीर फिन्डी अबु आमेर र अजाम अल अक्रा अबु अम्मर पनि थिए।

हिजबुल्लाह नेता सैयद हसन नसरल्लाहले आक्रमणको कडा प्रतिक्रिया दिँदै इजरायलको संलग्नता प्रमाणित भएमा लडाईलाई तीव्र बनाउने बताए। हमासको अक्सा रेडियोले पनि सालेहको मृत्यु भएको जानकारी दिएको छ । सालेहको हत्यापछि हमासले इजरायलसँग युद्धविराम र बन्धकहरूको रिहाइमा चलिरहेको वार्तालाई लिएर फेरि पुरानो अडानमा फर्केको छ।

हमास नेता इस्माइल हानियाले गाजामा स्थायी युद्धविरामभन्दा कमका लागि आफू तयार नभएको बताएका छन् । युद्ध सदाका लागि बन्द भएपछि मात्र इजरायली बन्धकहरूलाई रिहा गरिनेछ। कतार र इजिप्टले हाल युद्धविराम र बन्धकहरूको रिहाईमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन्। यसअघि पनि यी दुई देशको प्रयासमा गाजामा एक साता लामो युद्धविराम भएको थियो र १०५ इजरायली बन्धकहरूलाई रिहा गरिएको थियो। हमास र इस्लामिक जिहादको हिरासतमा अझै १२८ इजरायली बन्धकहरू छन्।

सालेहलाई हमासको सैन्य शाखाका संस्थापकमध्ये मानिन्थ्यो। उनी लेबनानबाट हमासको गतिविधि चलाइरहेका थिए । उनको हत्या भएको ठाउँ हमासको कार्यालय थियो । दक्षिणी लेबनानको काफिर कालामा इजरायली आक्रमणमा चार हिजबुल्लाह लडाकू मारिएका छन्। हिजबुल्लाहले आफ्ना चार जनालाई मारेको जानकारी दिएको छ । गाजामा इजरायली हमलाको विरोधमा हिजबुल्लाहले अक्टोबर ८ देखि इजरायलमा आक्रमण गरिरहेको छ । इजरायलले पनि यी आक्रमणको जवाफ दिइरहेको छ। यससँगै गोलान हाइट्समा सिरियाबाट भएको रकेट आक्रमणको जवाफमा इजरायलले सोमबार राति सिरियामा हवाई आक्रमण गरेको थियो । इजरायली सेनाले आफ्ना लडाकु विमानहरूले दमास्कस नजिकैको लक्ष्यलाई निशाना बनाएको बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);