काठमाडौं,१६ पुस । बाँकेको जयेन्दु बाल सुधार गृहमा फेरि तनाव सिर्जना भएको छ । डुडुवा गाउँपालिका–६ नौबस्तास्थित गृहमा नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।
बालसुधार गृहमा राखिएकाहरु आफू–आफूमा लड्ने र सुधारगृह तोडफोड गर्ने गरेका छन् ।
घटनामा केही व्यक्तिहरु सामान्य घाइते भएका छन् । भक्तपुर र वीरगञ्जका बालसुधार गृहमा पनि तनाव सिर्जना भएको थियो ।




