ठाउँ अभावले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

ठाउँ अभावले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता

काठमाडौं, १४ पुस ||
राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको गुनासो गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको उपलक्ष्यमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले जावलाखेल चिडियाखाना ६ हेक्टर जमिनमा फैलिएको र अहिले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भक्तपुरको सूर्यविनायकमा १५० हेक्टरमा बनिरहेको चिडियाखाना छिटो बनाइदिन आग्रहसमेत गर्नुभयो । उहाँले बाघ, गैंडा लगायतका जंगली जनावरको जनसंख्या बढीरहेको, र मानव बस्ती पनि बढीरहेकाले जंगली जनावरहरुको संरक्षणस्थल अभाव हुँदै गएको बताउनु भयो । जीवजन्तु संरक्षणका लागि फराकिलो ठाउँको आवश्यकता रहेको बताउनु भयो । उहाँले एउटा बाघका लागि मात्रै वर्षमा १५ लाख बराबरको रकम आवश्यक पर्ने भन्दै जंगली जनावरको संरक्षण र व्यवस्थापन गर्न जटिल बन्दै गइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);